तिमी त आकाश भइसक्यौ !
प्रिय,
अचेल म-
हमेसा अनुभूत गरिरहेछु
एउटा नीलो आकाश
एउटा शान्त आकाश
कहिले फिक्का हुन नजान्ने
एउटा गाढा गाढा बस्तु
फगत नीलो रङ्गका थाक थाक दृश्यहरू !
प्रिय,
त्यो आकाश
मन भन्दा परको आकाश
अनुमान भन्दा टाढाको आकाश
हेर्दा हेर्दै आँखाहरू नै गायब भए झैं लाग्ने
एउटा बिशाल भीमकाय आकाश !
तै पनि हेरिरहेछु निरन्तर
विश्वास गरेर भ्रमित चेतहरूमा
तर पोखिएकै छ त्यो बिम्ब अक्सर
माथि माथि क्षितिज भएर ...
घोप्टिएर हरदम आँखाहरूमा !!
प्रिय ,
तिमी त आकाश भइसक्यौ !
भन
कुन शिखरहरू फैलाएर
तिम्रो रेखांकन गरूँ
कुन क्षितिजहरू फैलाएर
तिम्रो सीमांकन गरूँ
कुन पहाडहरू उठाएर
भन -
कुन पहाडहरू उठाएर
तिमीलाई सिमाबद्द गरूँ
नितान्त निजी आफ्नै भूगोल भित्र !
कहिले घाम नलागेको
कहिले जून नपुगेको
फगत झरी बर्षातमा रुझेको
धर्तीको यो बाँझो गरामा
भूगोलको यो कालो क्यानभासमा
मलाई थाहा छ प्रिय,
तिमी निली टासिन सक्तिनौ !
उफ् !
तर यो बित्थाको रहर भइरहन्छ ..
भन, किन भइरहन्छ......
यो नीलो रङ्ग
जिन्दगीभर छोएर बसिरहूँ
यो नीलो रङ्ग
जिन्दगी भर खेलाएर बसिरहूँ
यो नीलो रङ्ग !
साँच्चि प्रिय ,
तिमी त आकाश भइसक्यौ !
3 comments:
आकाश देखिन्छ नि हौ धर्तीबाट !! अब हेरेरै बस्नुपर्ला, होइन त यस्तै भएपछि ??
Nice Imagination .. i liked most this one .. anyway thanks !
कुन शिखरहरू फैलाएर
तिम्रो रेखांकन गरूँ
कुन क्षितिजहरू फैलाएर
तिम्रो सीमांकन गरूँ
कुन पहाडहरू उठाएर
भन -
कुन पहाडहरू उठाएर
तिमीलाई सिमाबद्द गरूँ
नितान्त निजी आफ्नै भूगोल भित्र !
"तिमी त आकाश भइसक्यौ !"
भन शिर्षकले नै तपाईको कवितातिर तान्यो । निकै राम्रो लेख्नुभएका सधैंकोझैँ यसपाली पनि चुडामणि जी । यी पंक्तिहरु दोहो¥याउन मन लाग्यो फेरी–
कुन शिखरहरू फैलाएर
तिम्रो रेखांकन गरूँ
कुन क्षितिजहरू फैलाएर
तिम्रो सीमांकन गरूँ
कुन पहाडहरू उठाएर
भन -
कुन पहाडहरू उठाएर
तिमीलाई सिमाबद्द गरूँ
नितान्त निजी आफ्नै भूगोल भित्र !
कवितात्मक टाँसोका लागि धेरै–धेरै धन्यवाद ।
हेर्नुहोस् चेपाहरु
Post a Comment